बराबरी खेलेसँगै बार्सालाई ला लिगाको उपाधि होडमा धक्का लागेको छ। उसले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो।
सुरुवाती दुई गोलको अग्रता लिएता पनि बार्साविरुद्ध लेभान्टेले उत्कृष्ट कमब्याक गरेको थियो। मेस्सीले खेलको २५ औं मिनेटमा सुरुवाती गोल गर्दा पेड्रीले बार्साको लागि दोस्रो गोल गरेका थिए।
खेलको ५७ औं र ५९ औं मिनेटमा लेभान्टेले लगातार दुई गोल गर्दै बार्साविरुद्ध बराबरी गरेको थियो।
फेरि खेलको ६४ औं मिनेटमा बार्साका लागि ओउसमान डेम्बेलेले गोलगर्दै एक गोलको अग्रता दिलाएका थिए तर लेभान्टेका सर्जिओ लिओनले ८३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए।
तेह्रौं स्थानको लेभान्टेसँग बराबरी खेलेसँगै बार्सा लिगको दोस्रो स्थानमा उक्लिएको छ। २ खेल बाँकी रहँदा बार्साको ७६ अंक भएको छ।
यो खेल जितेको भए बार्सा ७७ अंकको एथ्लेटिकोलाई उछिन्दै शीर्ष स्थानमा पुग्ने थियो। तेस्रो स्थानको रियल मड्रिड ३ खेल बाँकी रहँदा उसको ७५ अंक छ। शीर्ष स्थानमो एथ्लेटिकोले पनि ३ खेल खेल्न बाँकी छ।
प्रतिक्रिया