३८ वर्षिया अर्टिज अडुरिजको अन्तिम समयको सनसनीपूर्ण गोलसँगै एथ्लेटिक बिल्बाओले शुक्रबार राति भएको उद्घाटन खेलमा बार्सिलोनालाई १-० हार चखायो।
परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका अर्टिजले ८९ औं मिनेटमा निर्णायक गोल गरेका थिए।
पूर्व स्पेनका फरवार्ड अडुरिजले यसअघि नै आफूले यस सिजनको अन्त्यमा सन्न्यास लिने घोषणा गरिसकेका छन्। उनले २० वर्ष मैदानमा बिताए।

बार्सिलोनाका लुइस सुआरेज र राफिन्हाले गोलका लागि गरेको प्रहार पोस्टबारमा लाग्दै फर्किएको थियो। यस्तै यसै सिजनमा १०७ मिलियन पाउण्डमा भित्र्यिएका एन्टिनियो ग्रिजम्यानले समेत प्रभाव देखाउन सकेनन्।
सुआरेज खेलमा चोटिल बन्दै मैदान बाहिर निस्केका थिए।
नियमित कप्तान लियोनल मेस्सी भने पिडौंलाको चोटका कारण खेलमा अनुपस्थित थिए। यस्तै फिलिप्पे कौटिन्हो पनि ऋणमा वार्यन म्युनिख जाने समाचारहरु आएका कारण खेलमा देखिएनन्।

यसै सिजनमा आयाक्सबाट ६५ मिलियन पाउण्डमा भित्र्याएका फोन्की डी जोङलाई इर्नेस्टो भेलभार्डेले मैदान उतारेका थिए। उनका दुई प्रहारमात्रै लक्ष्य केन्द्रीत थिए।
टोली बार्सिलोना लगातार तेस्रो पटक ला लिगाको उपाधि जित्ने दाउमा छ।

प्रतिक्रिया