फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राती भएको सेमिफाइनलको दोस्रो लेगमा पीएसीजीलाई २–० ले पराजित गर्दै समग्रमा ४–१ को जितसँगै सिटी फाइनलमा पुगेको हो।
सिटीको जितमा दुवै गोल विंगर रियाद माहरेजले गरेका हुन्। उनले दुवै हाफमा १–१ गोल गरेका हुन्।
सिटीले फाइनलमा चेल्सी र रियल म्याड्रिडमध्ये एउटासँग खेल्नेछ। उनीहरूबीच बुधबार दोस्रो सेमिफाइनल खेल हुँदैछ।
५१ वर्षको इतिहासमा सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।
3
Shares
प्रतिक्रिया