खेल


पीएसजी सिटीसँग पराजित

पीएसजी सिटीसँग पराजित

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ४:५४,

सुरुवाती अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ।

घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता बनाए पनि पीएसजी २–१ ले पराजित भयो। पीएसजीले पहिलो हाफमा बनाएको १–० को स्थिति उल्टाउँदै सिटीले जितेकाे हो।

खेलको १५औं मिनेटमै घरेलु टोली पीएसजीले मार्किन्हसको गोलमा अग्रता लिएकाे थियो। एन्जल डी मारियाको कर्नरमा मार्किन्हसले हेडरमार्फत गोल गर्दै पीएसजीले अग्रता बनाएपनि बाँकी समय सम्हालिन सकेन।

खेलको ६४औं मिनेटमा केभिन डे ब्रुएनले गोल गर्दै खेल बराबरीलाई बरारीमा ल्याए। डे ब्रुएनले क्रस गर्न खोजेको बल गोलरक्षक नाभास समेतलाई झुक्याउँदै गोलमा परिणत भएको थियो।

खेलको ७१औं मिनेटमा सिटीले अग्रता दोब्बर पार्‍याे। रियाद माहरेजले फ्रिकिकमा सीधै गोल गर्दै सिटीलाई जिततर्फ अगाडि बढाएका थिए। खेलमा २–१ ले पछि रहेको स्थितिमा पीएसजी ७८ औं मिनेटमा १० खेलाडीमा सीमित भएकाे थियो।

जितसँगै सिटीलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा केही राहत महसुस हुनेछ। दोस्रो लेग मंगलबार सिटीको मैदानमा हुनेछ। लिगको अर्को सेमिफाइनलमा चेल्सीले रियल म्याड्रिडको मैदानमा १–१ को बराबरी खेलेको थियो। फाइनल खेल इस्तानबुलमा २९ मेमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad