खेल


सुपर लिगमा आज धनगढी एफसी र काठमाडौं रेजर्स भिड्ने

सुपर लिगमा आज धनगढी एफसी र काठमाडौं रेजर्स भिड्ने

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ६:१५,

नेपाल सुपर लिग (एनएसएन)मा आज मगंलबार एक खेल हुँदै छ।

काठमाडौंको दशरथ रंगशालामा हुने खेलमा धनगढी एफसी र काठमाडौं रेजर्स भिड्दै छन्। खेल साँझ साढे ५ बजे हुनेछ।

लिगको पहिलो खेलमा काठमाडौंले ललितपुर सिटी एफसीलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

धनगढी एफसीले भने आफ्नो पहिलो खेलमा विराटनगर सिटी फुटबल क्लबसँग ३–० को फराकिलो हार भोगेको थियो। अंक तालिकाको पुछारमा रहेको धनगढी आजको खेलमा काठमाडौंलाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ।

कागजी रुपमा धनगढी बलियो क्लब देखिए पनि मैदानमा भने उत्कृष्ट प्रदर्शन गर्नसकेको थिएन।

लिगमा हालसम्म ललितपुरले २ खेल खेल्दा बाँकी क्लबले भने एक/एक खेल खेलेका छन्। विराटनगर १ खेलमा ३ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा छ। समान ३ अंक भएको बुटवल दोस्रो र काठमाडौ तेस्रो स्थानमा छ।

पहिलो खेलमा ललितपुरसँग एक एकको बराबरी गरेको चितवन १ अंकमा चौथो स्थानमा छ। पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २–० को हार भोगेको पोखरा छैटौँ स्थानमा छ।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन्। राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन्।

व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उदीयमान खेलाडीले पनि १ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad