खेल


टी-१० क्रिकेट : तिलोत्तमा र लुम्बिनी खुकरी सेमिफाइनलमा

टी-१० क्रिकेट : तिलोत्तमा र लुम्बिनी खुकरी सेमिफाइनलमा

प्रकाश न्यौपाने
बैशाख १३, २०७८ सोमबार १३:२१,

तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिताको सेमिफइनलमा प्रवेश गरेका छन्।

सोमबार तिलोत्तमाले तिरुपति क्रिकेट क्लबलाई १५ रन र लुम्बिनी खुकुरीले प्रोफेसनल मास्टर्स–११ लाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्।

सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले ४ विकेटको क्षतिमा ९९ रन बनायो। उसका लागि कृष्ण कार्कीले ३५, संदीप केसीले नटआउट ३३ र मनोज सुनारले २८ रन जोडे। बलिङमा तिरुपतिका अमृत गुरुङ, बसिर अहम्मद र तुलबहादुर थापाले १-१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको तिरुपति ५ विकेटको क्षतिमा ८४ रनमै रोकियो। उसका लागि अजय कौशिल्याले ३०, तुलबहादुर थापाले १७ र बसिर अहम्मदले १६ रन जोडे। बलिङमा तिलोत्तमाका कृष्ण पराजुलीले ३, मनोज सुनार र यम क्षेत्रीले १-१ विकेट लिए। कृष्ण पराजुली म्यान अफ द म्याच भए।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ६ विकेटको क्षतिमा ५४ रन बनायो। उसका लागि प्रमिश थापाले नटआउट १६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। बलिङमा लुम्बिनी खुकुरीका साहव आलमले ३, सन्तोष यादव, अजय लोनिया र रोशन थामीले १-१ विकेट लिए।

जवाफी ब्याटिङ गरेके लुम्बिनी खुकुरीले ७ ओभर १ बलमा ३ विकेटको क्षतिमा ५८ रन बनाउँदै जित निकाल्यो। उसका लागि शंकर रानाले १९, संदीप रजालीले नटआउट १८ र निश्चल चौधरीले १५ रन बनाए। बलिङमा प्रोफेसनलका अनिल जैसवालले २ तथा सिजन मकाजुले १ विकेट लिए।

साहव आलम म्यान अफ द म्याच भए। मंगलबार मेमिफाइनलमा न्यू होराइजन क्रिकेट क्लब र लुम्बिनी खुकुरी तथा गोर्खा वारियर्स र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ।

प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .