समाज


आईपीएलको सट्टेबाजी गराउने भारतीयहरु काठमाडौंमा पक्राउ

आईपीएलको सट्टेबाजी गराउने भारतीयहरु काठमाडौंमा पक्राउ

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १३:१७,

इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजी खेलाउने भारतीयहरु काठमाडौंबाट पक्राउ परेका छन्।

आइतबार साँझ भारतीय नागरिकसहित ११ जनालाई राजधानीका विभिन्न स्थानबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

उनीहरुले आईपीएलसँगै, प्रिमियर लिग फुटबल, ला लिगा, सिरीए, च्याम्पियन्स लिग लगायत खेलमा सट्टेबाजी खेलाउने गरेको पाइएको महाशाखाले जनाएको छ।

अनलाइन बिटिङ गरिरहेको अवस्थामा काठमाडौंको झोंछेबाट भारतको हिमान्चल प्रदेशका ४६ वर्षीय सुशील जेष्टा पक्राउ परेका थिए।

satta baji 2

उनको झोला खानतलासी गर्दा सट्टेबाजीमा प्रयोग भएको मोबाईल दुई वटा २ र हिसाबकिताब भएको डायरी फेला परेको थियो।

लाजिम्पाटस्थित खोलागल मार्गमा रहेको रमेश हमालको अपार्टमेन्टको चौथो तल्लामा कोठा नम्बर ११० बाट सुचित अग्रवाल, पवन कुमार शर्मालाई पक्राउ गरेको थियो।

उनीहरुको कोठा तथा घर खानतलासी गर्दा सट्टेबाजीको हरहिसाब गरेको कागजका टुक्राहरु, बिभिन्न रकमको विवरण र कोडसमेत लेखिएको कागजातहरु र मोबाईल ४ थान समेत फेला परेको थियो।

उनीहरुको बयानपछि जमलस्थित एक घरमा सट्टेबाजी गराईरहेको अवस्थामा भारत बिहार प्रदेश मोतिहारीका मुकेश जैसवाल पक्राउ परेका हुन्।

ठमेलबाट अशोक सिंह र होटल सन वैबाट अंकित कुमार लगायत ६ जना पक्राउ परेको महाशाखाले जनाएको छ।

पक्राउ परेका मध्ये बिक्रम कुमार जैसवाल, अंकित कुमार कलवार, सुशील जेस्टा, पवन कुमार शर्मा, सुचित अग्रवाल र मुकेश जैसवाल भारतीय नागरिक हुन्।

अरु पक्राउ पर्नेमा कैलालीको धनगढीका अशोक सिंह, रौतहट गौरका राहुल कुमार जैसवाल, मोरङ्ग बिराटनगरका सन्दीप कुमार मंडल, काभ्रेपलाञ्चोकको चौरीदेउरालीका राजु थापा र धादिङ गल्छीका सन्तोष खतिवडा रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले १७ वटा मोवाइल र २ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .