धनुषामा तीब्रगतिका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ।
धनुषाको मिथिला नगरपालिका ८ कुसुमविसौनामा प्रदेश २–०२–००२ प ६०३६ नम्बरको मोटरसाइकल र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल आइतबार दिउँसो १ बजेको समयमा ठोक्किएको हो।
दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा स्थानीय २० वर्षका भोला महतो र वर्ष २६ का सुनिल शर्मा रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते दुवै युवकलाई जनकपुर लग्ने क्रममा एकजना युवकको बाटोमै र अर्का युवकको जानकी हेल्थकेयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकलमा पछाडी सवार वर्ष २५ को सन्तोष महतो गम्भीर घाइते छन्। उनको उपचार मोडेल अस्पताल लालगढमा भइरहेको छ।
दुवैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजान लागिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया