नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) शनिबारबाट सुरु भइसकेको छ।
अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भए पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो।
प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिस्पर्धी टिमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमाञ्चक हुने देखिएको छ।
यसै क्रममा आसन्न प्रतियोगितामा आइएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रा.लिले एफसी चितवन टीमको जर्सी र प्रायोजकहरू सार्वजनिक गरेको छ।
शनिबार पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच एफसी चितवनका प्रबन्धनिर्देशक सचिन ढकाल र लि–निङ्गका प्रवन्धक कृतराज महर्जनले संयूक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।

अबदेखि एफसी चितवनका खेलाडी एवम् सम्बद्धले लि–निङ्ग ब्राण्डका पोशाक पहिरिनेछन्। डिस होम फाइबर नेट मुख्य प्रायोजक रहेको एफसी चितवनमा आइएमई लिमिटेड, आइएमई पे, आइएमई लाइफ, आइएमई जनरल इन्सोरेन्स, आइएमई ट्राभल, हिमालयज अन टप, अनकोर मिडियाले प्रायोजन गर्नेछन्।
उक्त कार्यक्रममा गेमअन प्रा.लि एवम् एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह, जर्सीका प्रायोजक लि–निङ्ग नेपालका प्रवन्धक कृतराज महर्जन, एफसी चितवनका मूख्य प्रशिक्षक मेघराज के.सी, मार्की प्लेयर भरत खवास, टीम म्यानेजर रूपेश अधिकारी र आइएमई फाउन्डेसनका कार्यक्रम संयोजक राजु पौडेलले सम्बोधन गरेका थिए।
जर्सी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकालले कोभिड– १९ को अप्ठ्यारोमा परिस्थितिमा हुन् लागेको यस प्रतियोगितामा एफसी चितवनले हाम्रो सपनालाई साकार पार्ने विश्वास व्यक्त गरे।
अन्तर्राष्ट्रियस्तरमा अभ्यास हुँदै आएको यस्तो प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको बताउँदै प्रवन्ध निर्देशक ढकालले यो प्रतियोगितापछि नेपाली फुटबलको नयाँ कोर्ष शुरू हुने उल्लेख गर्नुभयो।
विश्वकपमा अर्कै देशको टिमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनुपरेको स्मरण गर्दै ढकालले त्यस्तो अवस्थालाई अन्त्य गर्न आसन्न प्रतियोगितामा आइएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रा.लिले एफसी चितवन टीमको स्वामित्व ग्रहण गरेको बताए।
‘खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको अवस्थामा समस्त दर्शकलाई भरपुर मनोरञ्जन पनि प्राप्त हुने र स्वयम् खेलाडीहरुलाई पनि प्रोत्साहन मिल्ने देखेर हामीले यो प्रयासको थालनी गरेका हौँ’, उनले भने।
विश्वका कैयन राष्ट्रहरूले खेलकुदका क्षेत्रबाट ठूलो आम्दानी प्राप्त गरिरहेका छन्। एफसी चितवन टिममा आबद्ध खेलाडीहरूको खेल कौशल देख्दा अव नेपालमा पनि त्यो दिन धेरै टाढा नभएको ढकालले उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले फेन्चाइज प्रतियोगितामा विभिन्न व्यावसायिक समूहहरू विभिन्न टिमको स्वामित्व ग्रहण गरेपछि नेपाली फुटबल नयाँ यूगमा प्रवेश गरेको प्रतिक्रिया दिए। यसले नेपालमा फुटबललाई व्यावसायिकतामा रूपान्तरण गर्ने बताउँदै उपाध्यक्ष सिंहले खेलाडीहरूको भविष्य समेत सुरक्षित रहने उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै एफसी चितवनका मुख्य प्रशिक्षक मेघराज के.सीले नेपालमा व्यवसायिक फुटवलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अव नेपाली फुटवल खेलको स्तरोन्नतिमा महत्तपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै गेमअन प्रा.लि एवम् एफसी चितवनसँग आवद्व संस्था आइएमई फाउन्डेसनका कार्यक्रम संयोजक राजु पौडेलले यो प्रतियोगिता आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हुन लागिरहेको जानकारी दिँदै एफसी चितवन टीमलाई ट्रफी चुम्न सफलता प्राप्त होस् भनि शुभकामना व्यक्त गरे।

प्रतिक्रिया