खेल


टी-१० क्रिकेट : तिरुपति र खुकुरी विजयी

टी-१० क्रिकेट : तिरुपति र खुकुरी विजयी

प्रकाश न्यौपाने
बैशाख १०, २०७८ शुक्रबार १२:२३,

तिरुपति क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा विजयी भएका छन्।

तिरुपतिले घिनाहा–११ लाई १९ रन र खुकुरीले जीआरलाई क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी भएका हुन्।

सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले १ विकेटको क्षतिमा ९२ रनको योगफल बनायो।

जसमा बसिर अहम्मदले अविजित ३६, अजय कौशिल्याले २० र तुलबहादुर थापाले अविजित १७ रन जोडे । बलिङमा घिनाहा–११ का जितेन्द्र साहनीले १ विकेट लिए।

प्रतिउत्तरमा घिनाहा–११ ले ९ विकेटको क्षतिमा ७३ रन मात्रै बनायो। जसमा शैलेष यादवले १९, दिलसाद अलीले १४ र अर्पण लोनियाले १३ रन बनाए। बलिङमा तिरुपतिका बसिर अहम्मद, एकलाख अहम्मद र अमृत गुरुङले समान २र२ तथा मोहम्मद हुसेन र तुलबहादुर थापाले १-१ विकेट लिए। बसिर अहम्मद म्यान अफ द म्याच भए।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको जीआरले ६ विकेटको क्षतिमा ८९ रनको योगफल बनायो। जसमा लक्की पाण्डेले ४१ र अर्जुन गिरीले ३१ रन बनाए। बलिङमा खुकुरीका रोशन थामीले ३, अजय लोनिया २ र दुर्गेश गुप्ताले १ विकेट लिए।

प्रतिउत्तरमा खुकुरीले ७ ओभर १ बलमा ३ विकेटको क्षतिमा ९४ रन बनाउँदै जित निकाल्यो। जसमा शंकर रानाले अविजित ३५, संदीप रजालीले २८ र निश्चल चौधरीले १६ रन बनाए। बलिङमा अर्जुन गिरीले २ तथा संदीप सुनारले १ विकेट लिए। रोशन थामी म्यान अफ द म्याच भए।

शनिबार वेष्टर्न क्रिकेट क्लब र आरआर चिल्हिया तथा लुम्बिनी नव युवा र ग्राण्ड कस्मोबीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब ९एमसीसी०ले जनाएको छ।

प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५र५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन्। प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad