नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ३ देश सम्मिलित टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आज बिहीबार ऐतिहासिक १००औं खेल खेल्दैछन्।
आज मलेसियाविरुद्ध हुने खेलमा सन्दीप १००औं टी-ट्वान्टी खेल्ने पहिलो नेपाली क्रिकेटर बन्नेछन्।
सन् २०१८ को १२ मे मा इण्डियस प्रिमियर लिग (आईपीएल) बाट ट्वान्टी-ट्वान्टी खेल्न सुरु गरेका सन्दीपले हालसम्म ९९ खेल खेलिसकेका छन्।
सन्दीपले देल्ली क्यपिटल्सबाट रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दै टि२० मा डेब्यु गरेका थिए।
सन् २०१८ कै ३१ मे मा ईसीसी विश्व ११ बाट वेस्टइन्डिजविरुद्ध खेल्दै टी-ट्वान्टी आईमा डेब्यु गरेका हुन्। सन्दीप आफ्नो देशबाट नभएर संयुक्त टोलीबाट टी-ट्वान्टी आई डेब्यु गर्ने पहिलो खेलाडी पनि हुन्।
टी-ट्वान्टी आईमा उनले नेपालका लागि ४२ विकेट लिएका छन्। वसन्त रेग्मीले ५३, करण केसीले ४१ र शक्ती गौचनले ३२ विकेट लिएका छन्।
सन्दीपले ९९ खेलमा ९८ इनिङ्स खेल्दै १ सय ३३ विकेट लिइसकेका छन्। सन्दीपपछि पूर्व कप्तान पारस खड्काले ५६ टि२० खेल खेलेका छन्।

प्रतिक्रिया