खेल


नेदरल्यान्ड्स र मलेसियाको खेल टाइ हुँदा १ खेलअगावै नेपाल फाइनलमा

नेदरल्यान्ड्स र मलेसियाको खेल टाइ हुँदा १ खेलअगावै नेपाल फाइनलमा

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ११:४३,

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेदरल्याण्ड्स र मलेसियाले टाइ (बराबरी) गरेसँगै घरेलु टोली नेपाल एक खेलअगावै फाइनलमा प्रवेश गरेको छ।

चार खेल खेलेको नेदरल्याण्ड्स २ मा जित, एकमा हार र एकमा बराबरी गर्दै ५ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

एक खेल कम खेलेको नेपाल २ मा जित र १ मा हार भोग्दै ४ अंकमा दोस्रो स्थानमा छ। ३ खेलमा २ मा हार र एक खेलमा बराबरी गरेको मलेसिया १ अंकमा तालिकाको पुछारमा छ।

नेपालले भोलि बिहीबार मलेसियासँग खेल्नेछ। अंकतालिकाका शीर्ष २ टोलीले शनिबार फाइनल खेल्नेछन्।

वर्षातका कारण डकवर्थ लिविस स्टर्न (डीएलएस) मेथडका आधारमा १० ओभरमा छोट्याइएको खेलमा मलेसियाले ९२ रनको लक्ष्य पाएको थियो।

निर्धारित १० ओभरमा मलेसियाले ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरी भएपछि दुवै टोलीले अंक बाँडे।

मलेसियाले उक्त मेथडका आधारमा १३ ओभरमा १ सय २० रनको लक्ष्य पाए पनि ६ ओभरमा ५६ रन बनाएपछि पुनः वर्षा भएपछि खेल १० ओभरमा घटाइएको थियो।

मलेसिया ओपनर सैद अजिज ३०, अनवार अरुद्दिन २६ रनमा आउट भए। विरनदीप सिंहले १४ रन बनाए।

नेदरल्यान्ड्सका सेबस्टियान ब्राटले २ तथा बास डी लिड र भिभियन किंगमाले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदल्यान्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो।

१० दशमलव २ ओभरमा ३ विकेट गुमाएर ६८ रन जोड्दा पानी परेपछि खेल केहीबेर रोकिएको थियो। वर्षाका कारण खेल १३ ओभरमा घटाइएको थियो।

नेदरल्यान्ड्सका बेन कुपर ५४ र एन्टोनियस स्टाल १० रनमा नटआउट रहे। कप्तान पिटर शिलारले ३७ रन थपे।

मलेसियाका मोहम्मद वाफिकले २ तथा विरानदीप र पवनदीपसिंहले एक एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad