कारोबार


सगरमाथा आरोहण व्यवस्थित गर्न विभागले ल्यायो नयाँ नियम, एक पटकमा १७० जनामात्रै चढ्न पाउने

सगरमाथा आरोहण व्यवस्थित गर्न विभागले ल्यायो नयाँ नियम, एक पटकमा १७० जनामात्रै चढ्न पाउने

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ११:२९,

पर्यटन विभागले सगरमाथामा अबदेखि एक पटकमा १७० जनाभन्दा बढी आरोहण गर्न पाउने व्यवस्था गरेको छ।

विश्वकै अग्लाे हिमशिखर आरोहणलाई व्यवस्थित बनाउन विभागले आरोहण अनुमतिपत्र नम्बरको आधारमा चढ्ने व्यवस्था गरेको हो।

विभागले सगरमाथामा डोरी पुगेको मितिबाट सुरु भएको अनुकूल मौसमका लागि आरोहण अनुमति पत्रको आधारमा १५० देखि १७० जनाको संख्यामा चढ्न पाउने सूचना जारी गरेको छ।

नयाँ नियमअनुसार अनुमतिप्राप्त व्यक्तिको आरोहणमा असहज अवस्था सृजना हुने भएमा सम्बन्धित एजेन्सीहरुले आपसी सहमति र समन्वयमा १७० को संख्या नबढ्ने गरी आरोहण गराउनुपर्नेछ।

त्यसबारे पर्वतारोहण सञ्चालक संघ नेपालले सगरमाथा हिमाल आरोहणका लागि अनुमतिपत्र लिएका अरोही दलको आरोहण गर्ने स्थानीय आरोहण व्यवस्थान गर्ने एजेन्सीहरुलाई एक आपसमा समन्वय गरी प्रत्येक अनुकूल मौसममा १७० नबढ्ने गरी आरोहण गराउन सक्ने विभागले जनाएको छ।

त्यस्तै विभागले कुनै एक हिमाल आरोहण गरेर वा कुनै क्षेत्रमा पदयात्रा गरी फर्किएका पर्यटकहरु अर्को कुनै हिमाल आरोहणमा जाने भएमा अनिवार्य पीसीआर परीक्षण गरी नेगेटिभ प्रतिवेदन पेश गरेमा मात्र हिमाल आरोहण गर्ने अनुमति पत्र उपलब्ध गराउन सकिने उल्लेख गरेको छ।

अनुमति प्राप्त मार्गमा यात्रारत रहदाँ, आधार शिविरमा बस्दा साथै सो भन्दा माथिल्लो लस्कर मार्गमा यात्रामा रहँदा आफ्नो समूहमा मात्रा रहने आवश्यक भीडभाड नगर्ने प्रबन्ध सम्बिधत स्थानीय आरोहण व्यवस्थापन गर्ने एजेन्सी र पर्वतीय पथप्रदर्शकले मिलाउनुपर्नेछ।

यो वर्षको वसन्त ऋतुमा अप्रिल २० सम्म ३ सय ७१ जनाले आरोहण अनुमति पाइसकेका छन्।

सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणको लागि ३ सय ८१ जनालाई अनुमति दिएको थियो।

त्यसैगरी २०१८ को वसन्त ऋतुमा ३ सय ४६ जनालाई विभागले आरोहण अनुमति दिएको थियो भने २०१७ मा ३ सय ६६ जनाले सगरमाथा आरोहणको अनुमति पाएका थिए।

mt eve2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad