तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले पनि अर्धशतक पूरा गरेका छन्।
ऐरीले २८ बलमा ५४ रन हान्दै अर्धशतक पूरा गरेका हुन्।
ऐरीले ३ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरे। यसअघि ऐरीले सन् २०१९ मा युएईविरुद्धको खेलमा सर्वाधिक ४७ रन जोडेका थिए।
आक्रामक ब्याटिङ गरिरहेका उनी ३० बलमा ६० रन जोडे पनि त्यसलगत्तै आउट भए।
२० ओभरको खेलमा नेपालले १५.३ ओभरमा ४ विकेट गुमाएर १५४ रन जोडेको छ।
6
Shares
प्रतिक्रिया