इंग्लिस प्रिमियर लिगमा लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ।
सोमबार राति भएको खेलमा लिभरपुल लिड्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो।
सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा लिभरपुल लिड्ससँग अंक बाड्न बाध्य भयो।
लिभरपुलका लागि साडियो मानेले खेलको ३१औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर खेलको ८७औं मिनेटमा लिड्का डिएगो लोरेन्टेले गोल गर्दै गोल गर्दै खेललाई बराबरीम ल्याए।
बराबरीसँगै लिभरपुलले शीर्ष चारमा उक्लने मौका गुमाएको छ। छैटौं स्थानमा रहेको लिभरपुलको ३२ खेलबाट ५३ अंक छ। लिड्स ३२ खेलबाट ४६ अंक जोडेर १०औं स्थानमा छ।
3
Shares
प्रतिक्रिया