ad ad

खेल


शाहव आलमले दिलाए नेपाललाई छैठौँ सफलता

शाहव आलमले दिलाए नेपाललाई छैठौँ सफलता

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ८:३५,

नेपाली खेलाडी शाहव आलमले मलेसियाको छैठौँ विकेट झारेका छन्।

१२औँ ओभरको अन्तिम बलमा शाहवले मलेसियाका अमिनुद्दिन राम्लीलाई अभिनाश बोहराको हातबाट क्याचआउट गराएका हुन्।

राम्लेले सात बल खेल्दै १ चौकासहित ५ रन बटुले। योसँगै १२ ओभरको समाप्तिमा मलेसियाले ६ विकेट गुमाएर ८० रन जोडेको छ।

नेदरल्याण्डसम्मिलित त्रिकोणात्मक टि–२० आई सिरिज अन्तर्गत मलेसियाविरुद्धको जारी खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले मलेसियाको लगातारजसो विकेट झारेको छ।

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र दिपेन्द्रसिंह ऐरिले एक एक विकेट लिएका छन्। ऐरिले टि–२० आइमा पहिलो विकेट लिएका हुन्। यसअघि उनले एक दिवसीय खेलमा २ विकेट झारेका छन्।

मलेसियाका सयद अजिज २७ रन जोड्दा पवेलियन फर्के। २४ बलको सामना गरेका उनले ४ चौका र १ छक्का हाने। साफिक सारिफ १५ रन जोड्दा आउट भए। अन्वर अरुद्दिन ३, विरनदिप ६ थपे।। कप्तान अहमद फैज ३ रन जोड्दा आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .