खेल


मलेसियाविरुद्धको खेलमा नेपालले चौथो ओभरमै लियो दुई विकेट

मलेसियाविरुद्धको खेलमा नेपालले चौथो ओभरमै लियो दुई विकेट

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ८:४,

त्रिकोणात्मक टि–२० आई सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले खेलको चौथो ओभरमा नै २ विकेट लिन सफल भएको हो। मलेसियाका ओपनर अन्वर अरुद्दिन १ दशलव ४ ओभरमा नै ८ रन जोड्दा पवेलियन फर्के। उनी करण केसीको बलमा आउट भए।

तेस्रो ओभरको दोस्रो बलमा मलेसियाका कप्तान अहमद फैज रन आउट भए।

मलेसियाले चौथो ओभरको समाप्तीमा २ विकेट गुमाएर ३६ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा ओपनर सयद अजिज २४ र विरनदिप सिंह २ रनमा नटआउट छन्।

आजको खेलमा नेपाली टोलीले एक खेलाडी परिवर्तन गरेको छ। नेपालले आज आरिफ शेखको स्थानमा कुशल मल्ललाई ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad