आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यस्तो अवस्थामा नयाँ जनादेश उत्तम विकल्प हुने बताएका छन्।
सोमबार दिउँसो नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
‘प्रमुख दलभित्रको अन्तर–संघर्ष उत्कर्षमा पुग्दा त्यसको कुप्रभाव सबैभन्दा बढी संसदमै पर्छ,’ मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तोमा नयाँ जनादेश उत्तम विकल्प मानिन्छ।’
मुख्यमन्त्री पोखरेल एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता हुन्।

3
Shares

प्रतिक्रिया