त्रिभुवन आर्मी फुटबल क्लव एफसी कपको दक्षिण एसियाली छनोटअन्तर्गत प्ले अफ चरणबाटै बाहिरिएको छ।
भारतकाे गोवास्थित जीएमसी रगंशालामा बुधबार राति भएको खेलमा बेंगलुरु क्लबसँग ५–० को फराकिलो अन्तरले पराजित हुँदै आर्मी छनोट चरणबाटै बाहिरिएको हो। बेंग्लुरुले प्लेअफ फाइनल जिते समूह चरणमा स्थान बनाउनेछ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको आर्मी दोस्रो हाफमा सम्हालिन नसक्दा फराकिलो हार भोग्न बाध्य भयो।
आर्मीका केही खेलाडीमा कोरोना संक्रमण भएपछि मुख्य खेलाडीबिनै मैदान उत्रिएको थियो।
छनोटको पहिलो चरणको खेलमा आर्मी फुटबल क्लबले काठमाडौंको दशरथ रगंशालामा श्रीलंका पुलिस स्पोर्टस् क्लबलाई ५–१ को फराकिलो अन्तरले हराएको थियो।
3
Shares
प्रतिक्रिया