क्रोएसियन सेन्टर फरवार्ड भिलिम पोनिस्कोभिक नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीसँग जोडिएका छन्।
पहिलोपटक हुनलागेको फ्रेन्चाइज फुटबलमा ललितपुर सिटी एफसीले पोनिस्कोभिक टोलीमा अनुबन्ध गरेको हो।
उनी आजै काठमाडौं आइपुगेका छन्।
भाटभटेनी सुपर मार्केटको स्वामित्वमा रहेको ललितपुर लिगका लागि खेलाडी आबद्ध गर्ने पहिलो टोली समेत बनेको छ।
भिलिमले बोस्निया हर्जगोभिनाको शीर्ष डिभिजनको लिग खेलेका थिए।
ललितपुर सिटीको मार्की खेलाडीको रुपमा अन्जन विष्ट रहेका छन्। नेपाल सुपर लिग वैशाख ११ गतेबाट २५ गतेसम्म चल्नेछ।
लिगमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया