खेल


श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मी ३-१ गोलले अगाडि (अपडेट)

श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मी ३-१ गोलले अगाडि (अपडेट)

नेपालखबर
चैत २५, २०७७ बुधबार १३:११,

एएफसी कप छनोटअन्तर्गत अहिले नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिसविरुद्ध खेलिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिएर दोस्रो हाफ सुरु भएको छ।

पहिलो हाफमा आर्मी पाहुना टोलीविरुद्ध २–१ गोलले अगाडि रहेकामा दोस्रो हाफको ५०औँ मिनेटमा आर्मीले फेरि १ गोल थपेको छ। आर्मीका टंक बुढाथोकीले गोल गर्दै अग्रता फराकिलो बनाएका हुन्।

सन्तोष तामाङले प्रहार गरेको बललाई श्रीलंका पुलिसका किप दिनेश महेन्द्रनले क्लियर गर्न नसकेको मौका सदुपयोग गर्दै बुढाथोकीले गोल गरेका हुन्।

यसअघि २८औँ मिनेटमा श्रीलंका पुलिसका इभान्स असान्तेले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यो धेरै समय टिकेन।

आर्मीका लागि ४१औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै बराबरीमा ल्याए।

त्यस्तै ४३औँ मिनेटमा आर्मीका क्याप्टेन भरत खवासले दिएको पास सदुपयोग गर्दै नवयुग श्रेष्ठले टिमका लागि हेडमार्फत दोस्रो गोल गरे।

यसअघि आर्मीका सन्तोष तामाङले खेलको १०औँ मिनेटमा गरेको प्रहार पाहुना टोलीको पोस्टबाट बाहिरियो।

१२औँ मिनेटमा श्रीलंका पुलिसका इभान्सको प्रहार नेपाली टोलीका गोलरक्षकले राम्रो बचाउ गरे। १३औँ मिनेटमा भरत खवासले विपक्षी गोलरक्षकलाई बिट गर्दै प्रहार गरे पनि श्रीलंकाका खेलाडीले क्लियर गरे।

३४औँ मिनेटमा नवयुगको क्रसमा भरत खवासले प्रहार गरेको बल पोस्टबाट बाहिरिँदा आर्मीले खेल बराबरी गर्ने मौका गुमाएको थियो।

विकास खवासले गरेको थ्रो बललाई श्रीलंका पुलिसका खेलाडीले क्लियर गर्न खोजेको बललाई ३० यार्ड टाढा रहेका सन्तोषले हाफ भली गोल गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad