ad ad

खेल


नेपालसहित ५ देशले जिते ‘आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर’ अवार्ड

नेपालसहित ५ देशले जिते ‘आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर’ अवार्ड

नेपालखबर
चैत २४, २०७७ मंगलबार १०:३८,

नेपालसहित पाँचवटा देशले आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर अवार्ड पाएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल, नामिबिया, अर्जेन्टिना, भानुआतु र इटालीलाई क्षेत्रीय विजेताका रुपमा यो अवार्ड प्रदान गर्ने घोषणा गरेको हो।

नेपालले महामारीको प्रभाव क्रमशः कम भएसँगै क्रिकेटलाई पुनर्जागृत गरेको भन्दै यो अवार्ड घोषणा गरेको हो।

नेपालले क्रिकेट प्रतियोगिता आयोजना गरेर २ हजार महिला र १९ सय पुरुषलाई स्थानीय प्रतियोगितामा समावेश गर्न सफल भएकोमा आईसीसीले प्रशंसा समेत गरेको छ।

क्षमता अभिवृद्धिका लागि क्रिकेट नामिबियालाई, अनलाइन कोचिङ, अम्पायरिङ र स्कोरिङ कोर्सका लागि क्रिकेट अर्जेन्टिनालाई, क्रिकेट प्रतियोगिताका लागि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई, लाइभस्ट्रिमका लागि भानुआतु क्रिकेट एसोसिएसनलाई र क्रिकेटमानियाको लागि क्रिकेट इटालीलाई आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ द इयरको सम्मान दिइएको आईसीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .