खेल


वैशाखामा हुने टी–ट्वान्टी त्रिकोणात्मक सिरिज हेर्न टिकट दर निर्धारण

वैशाखामा हुने टी–ट्वान्टी त्रिकोणात्मक सिरिज हेर्न टिकट दर निर्धारण

नेपालखबर
चैत २४, २०७७ मंगलबार ३:१०,

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच वैशाखमा हुने टी–ट्वान्टी त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य तोकेको छ।

क्यानले त्रिकोणात्मक सिरिज हेर्न प्रतिदर्शक १ सय ५० रुपैयाँ टिकट दर तोकेको हो।

सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वैशाख ४ देखि ११ गतेसम्म हुनेछ। खेल दिउँसो २:१५ देखि ५:१५ सम्म हुनेछ। डबल लिगका आधारमा हुने खेलमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

नेपालले १४ महिनापछि सिरिज खेल्न लागेको हो। यसअघि नेपालले गत वर्ष माघमा घरेलु मैदानमा ओमान र अमेरिकासँग आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिज खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad