ad ad

खेल


‘नेमार मेस्सीसँग फेरि एकै क्लबबाट खेल्न चाहन्छन्, त्यो हो बार्सिलोना’

‘नेमार मेस्सीसँग फेरि एकै क्लबबाट खेल्न चाहन्छन्, त्यो हो बार्सिलोना’

नेपालखबर
चैत ७, २०७७ शनिबार १३:१७,

एल लितोरलसँगको अन्तर्वार्ताका क्रममा उनले भनेका छन्,‘दुई वर्ष अगाडि नेमारले मलाई फेरि बार्सामै जान मन लागेको र पहल कदमी गरिदिन भनेका थिए। हामीले उनलाई पेरिसबाट बार्सा फर्काउने हरसम्भव प्रयास गरेका थियौं। तर त्यो हुन सकेन।’

हाल बार्सिलोनामा नयाँ प्रमुख नियुक्त भएका छन्। क्लबका प्रमुख जोआन लापोर्ता मेस्सीका असल मित्र हुन्।

उनले यतिबेला मेस्सीलाई क्लबबाट कतै जान नदिन हरेक प्रयास गरिरहेका छन्। कुरी भन्छन्,‘लापोर्ता मात्र त्यस्ता व्यक्ति हुन् जसले मेस्सी र नेमारलाई एकैसाथ ल्याउन सक्छन्।’

यसअघि मेस्सीले पनि नेमारलाई बार्सा फर्काउन क्लबसँग आग्रह गरेका थिए। तर नेमारको स्थानमा अन्य खेलाडी भित्र्याएपछि मेस्सी निराश बनेका थिए।

Barça Universal on Twitter: "Barcelona scout André Cury met with Neymar's  father in South America this week. [md]… "कुरी र नेमार

‘मैले बार्सिलोनामा १० वर्ष बिताए। मलाई त्यो शहरको बारेमा सबै थाहा छ र नेमार बार्सा जाँदा म खुशी हुन्छु’ कुरीले भनेका छन्,‘नेमारले पहिले बार्सा छाडेर गल्ती गरेका थिए। समर्थक उनीसँग निराश छन्। तर नेमारले गल्ती महसुस गरिसकेका छन् र फ्यानले उनलाई माफ गर्नेछन्।’

नेमारले सन् २०१७ मा बार्सा छाडेर पीएसजी रोेजेका थिए। पीएसजीले नेमारलाई २२२ मिलियन युरोमा खरिद गरेको थियो। नेमार हालसम्मकै महँगा फुटबलर हुन्।

नेमार बार्सामा रहँदा मेस्सी, नेमार र स्वारेजको खेल तालमेल निकै मिलेको थियो। त्यसबेला बार्सिलोनाले च्याम्पियन्स लिग पनि जितेको थियो। मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .