खेल


कास्की जिल्ला फुटबल संघका अध्यक्षको दबाबपछि कोषाध्यक्ष गुरुङले दिइन् राजीनामा

कास्की जिल्ला फुटबल संघका अध्यक्षको दबाबपछि कोषाध्यक्ष गुरुङले दिइन् राजीनामा

नेपालखबर
चैत २, २०७७ सोमबार ७:२८,

कास्की जिल्ला फुटबल संघकी कोषाध्यक्ष विजया गुरुङले पदबाट राजीनामा दिएकी छिन्।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङको दबाबका कारण उनले राजीनामा दिएको स्राेतले जानकारी दिएकाे छ। लामो समयदेखि विवादको केन्द्रमा रहँदै आएको कास्की जिल्ला पुनः एकपटक विवादमा आएको छ।

स्रोतका अनुसार अध्यक्ष गुरुङले बारम्बार अक्षय कोषको रकम झिक्न दबाब दिएको र नमानेपछि पद छाड्न भनेपछि राजीनामा दिएकी हुन्।

पोखराको टुँडिखेल मैदानमा सञ्चालन भएको १४औँ संस्करणको बीटी कपको समयमा समेत अध्यक्षले रकम झिक्न निकै दबाब दिएका थिए।

‘त्यो नमानेपछि अर्को राख्छौँ राजीनामा दिनु भनेपछि राजीनामा दिनुभएको हो’, स्रोतले नेपालखबरसँग भन्यो।

kaski rajinama22

यता कोषाध्यक्ष गुरुङले भने पारिवारिक कारण देखाउँदै राजीनामा दिएको बताएकी छिन्। आफूले राजीनामा दिए पनि फुटबल खेलको विकासका लागि सधैँ लागिपर्ने बताइन्।

कास्की अध्यक्ष मिलन गुरुङले भने कोषाध्यक्ष गुरुङले पारिवारिक कारण देखाउँदै हप्ता÷दश दिनअघि नै राजीनामा दिएको जानकारी दिए।

‘त्यसलाई म आफैँले स्वीकृत गरेको हो। यो बीचमा धेरै काण्डहरु भए पनि हामी अगाडि बढेका छौँ। फुटबलको विकासका लागि हामी सधैँ लागिपर्छौँ’, अध्यक्ष गुरुङले भने।

समाचारमा आएजस्तो त्यस्तो केही नभएको बरु उहाँले नभ्याउने भनेपछि राजीनामा स्वीकृत गरेको अध्यक्ष गुरुङको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad