नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक पार्टी कर्यालय पेरिसडाँडामा सुरु भएको छ।
पार्टीको विधान, सांगठनिक संरचना परिवर्तन, नेतामाथि कारबाहीलगायतका विषयमा निर्णय गर्नको लागि बैठक बसेकाे हाे।
बैठकले आइतबारको बैठकले पारित गरेका महत्वपूर्ण एजेण्डाबारे निर्णय गर्दै छ।

केन्द्रीय सदस्य हरि दाहालका अनुसार आजको बैठकले माओवादी केन्द्रको नाम परिवर्तन र विधान संशोधन गर्ने निर्णय गर्दै छ।
हिजोको बैठकमा सात भौगोलिक प्रदेश सहित १० प्रदेशका इन्चार्ज, सहइन्चार्जहरुले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामा फर्किेएको माओवादी केन्द्रको बस्तुस्थिति, नेताहरुको अवस्थाबारे रिपोर्टिङ गरेका थिए।

प्रतिक्रिया