राजनीति


ओलीपक्षीय केन्द्रीय सदस्यहरुको भेला बालुवाटारमा

ओलीपक्षीय केन्द्रीय सदस्यहरुको भेला बालुवाटारमा

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ७:३२,

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन्।

ओली पक्षका केन्द्रीय सदस्य कृष्ण राईले उपत्यकामा रहेका केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाइएको जानकारी दिए।

 ‘उपत्यकामा रहनुभएको कन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाइएको हो’, राईले नेपालखबरसँग भने, ‘अहिले हामी बालुवाटार आइपुगेका छौँ। अबको केही समयपछि भेला शुरु हुन्छ।’

एमालेले चैत १ गतेका लागि केन्द्रीय समतिको बैठक बोलाएको छ। केन्द्रीय समिति बस्नुअघि प्रधानमन्त्री ओलीले आफू निकट केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन्।

यसअघि एमालेभित्रकै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले स्थायी र केन्द्रीय सदस्यको भेला गरिसकेका छन्।

नोपल–खनाल पक्षले बुधबार केन्द्रीय समिति र बिहीबार स्थायी समितिको भेला गरेका हुन्। उक्त भेलाले ओलीले गुण्डागर्दीको शैलीमा देशभर पार्टी कब्जा गर्न खोजेको निष्कर्ष निकाल्दै त्यसको प्रतिकार गर्ने निर्णय गरेको गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad