खेल


क्रिकेट फ्यान ग्रुपले सुरक्षित गर्‍यो निर्माणाधीन गौतम बुद्ध रंगशालाको ७७ नम्बरको कुर्सी

क्रिकेट फ्यान ग्रुपले सुरक्षित गर्‍यो निर्माणाधीन गौतम बुद्ध रंगशालाको ७७ नम्बरको कुर्सी

नेपालखबर
फागुन २७, २०७७ बिहिबार १२:७,

धुमुर्स सुन्तली फाउण्डेसनले भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको ७७ नम्बरको कुर्सी नेपाली क्रिकेट फ्यान अन फेसबुक ग्रुप (एनसीएफएफ) ले सुरक्षित गरेको छ।

फेसबुकमा रहेका क्रिकेट समर्थकहरुको समूह एनसीएफएफले सहयोग संकलन गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको जर्सी नम्बर ७७ को सिट आफ्नो नाममा बनाएको हो।

एनसीएफएफले ७७ नम्बरको कुर्सी आफुहरुको नाममा दिन आग्रह गरेपछि फाउण्डेसनका प्रतिनिधि कुमार कट्टेलले सो कुर्सी दिने निर्णय गरेको जानकारी दिएका हुन्।

कुर्सी अभियानमा उठेको रकम केही दिनमा फाउण्डेसनलाई हस्तान्तरण गरिने एनसीएफएफका सिनियर एडमिन सागर खरेलले जानकारी दिए।

योसँगै एनसीएफएफ पनि हाम्रो रगंशालामा मेरो कुर्सी अभियानमा जोडिएको छ। यो अभियानमा जोडिनका लागि १ लाख रुपैयाँ तिरेर कुर्सी आफ्नो नाममा खरिद गर्न सकीने फाउण्डेसनले जनाएको छ।

रंगशालामा सबैलाई अपनत्व महसुस होस् भनेर यो अभियान सञ्चानल गरेको फाउण्डेसनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad