अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खेल पत्रकार सरिता श्रेष्ठ सम्मानित भएकी छन्।
काठमाडौं ब्याटमिन्टन एकेडेमीले १११ औं महिला दिवसको अवसरमा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा महिला पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो।
करिव डेढ दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा संलग्न श्रेष्ठ हाल एभिन्युज टेलिभिजनमा आवद्ध छिन्।
पत्रकारिताको माधयमबाट खेलकुदको विकासमा गरेको योगदानको कदर गर्दै खेल पत्रकार श्रेष्ठलाई सम्मान गरेको एकेडेमीका सञ्चालक दिपक थापाले बताए।
सम्मानित पत्रकार श्रेष्ठले महिला र पुरुष बीचको विभेद खेलकुदमा पनि रहेकोले यसको अन्त्य हुनुपर्ने बताइन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला र पुरुष दुवैलाई समान तलब दिएर सकारात्मक सन्देश दिएको भन्दै यसको सिको गर्दा कुनै पनि संघ सानो नहुने बताइन्।
प्रतिक्रिया