ad ad

खेल


आई लिगमा किरण बने प्लेयर अफ दि मन्थ

आई लिगमा किरण बने प्लेयर अफ दि मन्थ

नेपालखबर
फागुन २३, २०७७ आइतबार ११:१०,

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बु भारतीय आई लिगमा प्लेयर अफ दि मन्थ घोषित भएका छन्। हाल राउण्ड ग्लास पञ्जावबाट भारतीय लिग खेलिरहेका किरण फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बनेका हुन्।

भारतीय लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका किरणले पहिलो चरणमा ६ खेलमा क्लिन सिट राखेका थिए। भारतीय लिगमा टोलीको कप्तानी समेत सम्हाल्ने मौका पाएका किरण तिन पटक हिरो अफ दि म्याच समेत बनिसकेका छन्।

हिरो अप दि मन्थ घोषित भएका किरणले यसको श्रेय टोली, प्रशिक्षक र समर्थकलाई दिएका छन्।

पञ्जावले पनि सामाजिक सञ्जालमाफर्त किरणलाई बधाई दिँदै लेखेको छ, ‘हाम्रो सुपर गोलकिपर किरण प्लेयर अफ दि मन्थ बनेका छन्, हामी सबै गौरवान्वित भएका छौं।’

नेपाली स्पाईडर मेनले फेब्रुअरी महिनामा ४१ प्रहार सेभ गर्दा १४ प्रहार सुपर सेभ गरेका छन्।

किरणसँगै टोलीका मुख्य प्रशिक्षक कर्टिस फ्लेमिङ कोच अफ दि मन्थ घोषित भए।

पञ्जावले कुल १० खेलमा ५ मा जित, ३ मा बराबरी र २ खेलमा हार भोगेको थियो। राउण्ड ग्लास पञ्जाव एफसी पहिलो चरणमा दोस्रो स्थानमा रहेर च्यम्पियनसिप राउण्डमा प्रवेश गरेको थियो।

दोस्रो राउण्डको पहिलो खेलमा पञ्जाव गोकुलम केरला एफसीसँग १–० ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .