ad ad

खेल


आईपीएलको खेलतालिका सार्वजनिक, ६ सहरमा हुने

आईपीएलको खेलतालिका सार्वजनिक, ६ सहरमा हुने

नेपालखबर
फागुन २३, २०७७ आइतबार ११:९,

प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैकग्लोर भिड्ने भएका छन्।

पहिलो खेल चेन्नईमा हुनेछ। अप्रिल ९ देखि सुरु हुने लिगको नकआउट चरणका खेलहरु अहमदावादमा हुनेछ।

मे ३० मा अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा अन्तिम खेल हुनेछ। अहमदावाद, बैगलुरु, चेन्नई, दिल्ली, मुम्बई र कोलकातामा २ वर्षपछि आइपीएल फर्किँदै छ।

कोरोना भाइरसको महामारीको कारण यस पटक आईपीएलका खेलहरु न्युट्रल भेन्युमा हुनेछ। यो सिजनमा कुनै पनि टोलीले होम ग्राउण्डको एड्भान्टेज लिन पाउने छैनन्। आइपीएलको यो संस्करण बन्द रगंशालामा हुनेछ।

दोस्रो खेलमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स तथा तेस्रो खेलमा सनराइजर्स हैदरावाद र कोलकता नाईट राईडर्स खेल्नेछन्।

आइपीएल ६ सहरमा हुने
कोरोना भाइरसको महामारीको कारण गत संस्करणको आईपीएल संयुक्त अरब एमिरेन्ट्स (युएई) मा भएको हो।

अहिले महामारी केही कम भएको भन्दै आइपीएल भारतकै ६ सहरमा हुने भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ।

आइपीएल यो पटक चेन्नई, मुम्बई, अहमदावाद, देल्ली, बैग्लोर र कोलकतामा हुनेछ।

यस्ताे छ तालिकाः 

ipl2021talika2

ipl2021talika1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .