प्रविधि


मंगल ग्रहमा नासाको पर्सिभिअरेन्स रोभर पहिलोपटक गुड्यो (तस्बिरहरु)

मंगल ग्रहमा नासाको पर्सिभिअरेन्स रोभर पहिलोपटक गुड्यो (तस्बिरहरु)

नेपालखबर
फागुन २२, २०७७ शनिबार ६:१३,

उक्त यानले आफ्नो पाङ्ग्रा निकालेर मंगल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको नासाले जनाएको छ।

शुक्रबार उक्त यानले पृथ्वीमा केही तस्बिरहरु पठाएको छ जहाँ सो रोबोटिक यानले गह्रमा यात्रा गरेको देखिएको छ।

त्यहाँ यानको चक्काको छापहरु देखिएको बीबीसीले जनाएको छ। सो यान साढे ६ मिटर मात्र गुडेको बताइएको छ।

पहिलोपटक पर्सिभिअरेन्स रोभर मंगल ग्रहमा गुडेपछि नासाको यस परियोजनाकी सहायक प्रमुख केटी स्ट्याक मोर्गनले यो महत्वपूर्ण पल भएको बताएकी छिन्।

मङ्गलमा पाइला

एक टन वजन भएको यस रोबोट मंगल ग्रहको सतहमा ओर्लिएको दुई साता पूरा भइसकेको छ।

यो दुई सातामा वैज्ञानिकहरूले सो यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन्।

पर्सिभिअरेन्सले मंगल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ।

त्यो खोजका लागि यसले त्यहाकोँ एक वर्ष अर्थात् पृथ्वीको लगभग दुई वर्ष०मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ।

मङ्गलमा पाइला

वैज्ञानिकहरूले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्रागऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास गर्नेछन्।

चट्टानहरू खोतलेर हेर्नु अगाडि यस यानले विभिन्न परीक्षणहरू गर्नेछ। सो क्रममा त्यसले एउटा सानो हेलिकप्टरको उडान पनि गराउनेछ। बीबीसी

Wheel wiggle

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .