मेयर्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाल एपीएफ क्लवले शरद भेषावकरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
नेपाल एपीएफले घोषणा गरेको टोलीमा एक खेलाडी परिवर्तन भएको छ। प्रधानमन्त्री कपमा सहभागी ओपनर ब्याट्सम्यान रित गौतमको ठाउँमा यज्ञमान कुमाललाई स्थान दिइएको छ। गौतम चोटका कारण टोली बाहिर राखिएको हो।
एपीएफले भोलि शनिबार विभागीय डर्बीमा त्रिभुवन आर्मीविरुद्धसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा प्रधानमन्त्री कपको सेमिफाइनमा पुगेका ४ टोली र काठमाडौ मेयर ११ को टोल सहभागी हुनेछन्।
एपिएफको टोलीः शरद भेषावकर (कप्तान), वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह रौटेला, सुर्य तामाङ, अभिनास बोहरा र यज्ञमान कुमाल

प्रतिक्रिया