राजनीति


नेकपा एक हुने सम्भावना जीवितै छ : भट्टराई

नेकपा एक हुने सम्भावना जीवितै छ : भट्टराई

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ५:४६,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन्।

प्रेस संगठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए।

उनले भने, ‘एकता हुने सम्भावना जीवितै छ, सबै संगठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ।’

एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए। नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो।

प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए।

नेता भट्टराईले नेपाल पत्रकार महासंघको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट रु एक लाख दिने र आउँदा बजेटबाट रु दश लाख विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad