पहिलो लेगमा २–० ले पछि परेको बार्सिलोनाले यस खेलमा सेभियालाई उसैको घरेलु मैदानमा पराजित गर्नुपर्ने बाध्यता छ।
३–० गोल अन्तरको जित ननिकाले बार्सा प्रतियोगिताबाट बाहिरिनेछ। अथवा २–० को जित निकालेको खण्डमा पेनाल्टीबाट विजेताको घोषणा हुनेछ।
गत शुक्रबार मात्र भएको प्रतिस्पर्धामा बार्साले ला लिगामा सेभियालाई २–० ले नै जित निकालेको थियो।
बुधबार राति बार्सा र सेभियाबीचको कोपा डेल रेको निर्णायक खेल एक बजेर ४५ मिनेटमा सुरु हुनेछ।
यी दुईबीचको विजेताले लिभान्टे र एथ्लेटिक क्लबबीचको विजेतासँग उपाधिका लागि खेल्नुपर्नेछ।
यी दुवैले पहिलो लेगमा एक–एक गोलको बराबरी खेलेका छन्।

प्रतिक्रिया