ad ad

राजनीति


केपी ओलीले मुद्दा हारिसके : प्रचण्ड

केपी ओलीले मुद्दा हारिसके : प्रचण्ड

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ८:४,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा हारिसकेको बताएका छन्।

मंगलबार काठमाडौँमा तिलकराज भण्डारीद्वारा सम्पादित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले फुट र विसर्जनको बाटो रोजेर प्रधानमन्त्री ओलीले राजनीतिक मुद्दा हारिसकेको बताएका हुन्।

उनले आफूहरुले एकताको झण्डा उठाएको र  ओलीले फुट र विसर्जनको झण्डा उठाएको बताए।  ठूलो दुःखले पार्टी एकता गरेको बताउँदै  उनले त्यसलाई विभाजन गर्ने षडयन्त्र भइरहेको बताए। 

‘एकताको झण्डा हामीले उठाएका छौँ, केपीजीले फुट, विसर्जन र विघटनको बाटो रोज्नुभो’, उनले भने, ‘पार्टी, देश, संविधान र लोकतन्त्रलाई विसर्जन र विघटन गर्ने बाटोमा जानु भएको छ। मुद्दा त उहाँले हारिसक्नु भयो। व्यवहारिक रुपले त्यसलाई परास्त गर्न यो युद्ध हामीले जित्नुपर्छ।’

अध्यक्ष प्रचण्डले आफूहरुले अदालतप्रति विश्वास छैन भनेर नभनेको बताउँदै उनले अदालतले सही फैसला गर्छ भन्नेमा विश्वासमा आफूहरु रहेको बताए। 

‘अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेको छैन’, उनले भने, ‘मैले विभिन्न सार्वजनिक सभाहरुमा पनि भन्दै आएको छु कि–अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्ने हामीलाई विश्वास छ।’

उनले पुस ५ गतेपछि आफूहरु शान्तिपूर्ण युद्धमा रहेको बताउँदै त्यो युद्ध जित्ने संकल्प गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .