अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग फुटबल सम्पन्न गरेको छ।
एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको अन्तिम खेल सकिएसँगै महिला लिग शुक्रबार सम्पन्न भएको हो।
लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफले जित्यो। उपाधिसँगै एपीएफले १५ लाख रुपैयाँ हात पारेको छ। दोस्रो भएको आर्मीले ८ लाख रुपैयाँ हात पारेको छ। तेस्रो भएको पुलिसले ५ लाख तथा चौथो भएको वालिङ नगरपालिका स्याङ्जाले ३ लाख रुपैयाँ प्राप्त गरेको छ।
गत माघ ७ बाट दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा सुरु भएको प्रतियोगितामा सात टोली सहभागी थिए।
विभागीय टोलीहरू नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लबसहित वालिङ नगरपालिका स्याङ्जा, चौदन्डीगढी नगरपालिका उदयपुर, चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर महानगरपालिका मोरङको सहभागिता रहेको थियो।
यी हुन् लिगका सर्वोत्कृष्ट खेलाडी
सर्वोत्कृष्ट गोलरक्षक : उषा नाथ (नेपाल पुलिस क्लब)
सर्वोत्कृष्ट रक्षक (डिफेन्डर) : अमृता जैसी (नेपाल पुलिस क्लब)
सर्वोत्कृष्ट फरवार्ड : सावित्रा भण्डारी साम्बा (एपीएफ)
सर्वोत्कृष्ट मिड फिल्डर : बिमला चौधरी (त्रिभुवन आर्मी फुटबल क्लब)
सर्वोत्कृष्ट प्रशिक्षक : भगवती थापा (एपीएफ)
मोस्ट भ्यालुएबल प्लेयर : सरु लिम्बु (एपीएफ)
लिम्बुले यमाहाको स्कुटी पाइन् भने बाँकी सबै जनाले जनही ५० हजार रुपैयाँ पाएका छन्।

प्रतिक्रिया