अहिले भइरहेको राष्ट्रिय महिला लिगअन्तर्गतको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध सशस्त्र प्रहरीको एपीएफले अग्रता लिएको छ।
दशरथ रंगशालामा जारी खेलमा एपीएफले १–०को अग्रता लिएको हो।
खेलको ४५औँ मिनेटमा एपीएफकी सरु लिम्बुले गोल गरेकी हुन्।
एपीएफले यसअघि नै लिग उपाधि आफ्नो पोल्टामा पारिसकेको छ।
प्रतिक्रिया