खेल


च्याम्पियन्स लिगमा आज राति बार्सा र पीएसजी भिड्दै, मेस्सी खेल्दा नेमार नखेल्ने

च्याम्पियन्स लिगमा आज राति बार्सा र पीएसजी भिड्दै, मेस्सी खेल्दा नेमार नखेल्ने

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ११:३१,

राउन्ड अफ १६ को पहिलो लेगका खेलहरु सुरु भएका हुन्। आज २ खेल हुनेछन्। दुवै खेल नेपाली समयअनुसार राति १ बजेर ४५ मिनेटमा सुरुवात हुनेछन्।

मंगलबार राति बलिया क्लबहरु प्रतिस्पर्धामा उत्रँदैछन्। आज बार्सिलोना र पीएसजीबीच पनि प्रतिस्पर्धा हुँदैछ। खेल बार्साको घरेलु मैदान क्यामप नाउँमा हुनेछ।

बार्सामा मेस्सी, ग्रिजम्यान, कोटिन्होजस्ता स्टार खेलाडीहरु समावेश छन्। पीएसजीमा एमबाप्पे, नेमारजस्ता खेलाडी छन्।

तर हालै घाइते भएका नेमार भने बार्साविरुद्धको खेलमा उपस्थित नहुने द गार्जियनले छ।

Image result for neymar

मेस्सी भने बार्साको तर्फबाट मैदान उत्रने अनुमान गरिएको छ। उनी पछिल्लो खेलहरुमा घाइते भएका छैनन्। उनी लयमा छन्।

नेमार नखेल्दा पीएसजीलाई बार्साविरुद्ध जित निकाल्न निकै गाह्रो हुनेछ।

पीएसजी गत सिजन यस प्रतियोगिताको फाइनलमा पुगेको थियो। तर फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको थियो।

बार्सा पाँचपटकको च्याम्पियन्स लिग विजेता हो भने पीएसजीले एकपटक पनि यो प्रतियोगिता जितेको छैन।

बार्सा र पीएसजी भिड्दै गर्दा आजै लिभरपुल र आरबी लिपजिगबीच पनि प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad