नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेकपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ भने १ हजार ५ सय ८७ सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै कोरोना संख्या २ लाख ६९ हजार ३०३ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया