खेल


चैत २ देखि देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता हुने

चैत २ देखि देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता हुने

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ११:५,

देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैत पहिलो साता हुने भएको छ।

स्पिन इभेन्टस प्रालिले मंगलबार पत्रकार सम्मेलन गरेर देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता चैत २ देखि ७ गतेसम्म सञ्चालन गर्ने बताएको हो। अखिल नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोग साथै वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

प्रतियोगितामा देश भरका वडाहरुबाट कम्तिमा १ हजार खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ। प्रतियोगितामा मेन्स युगल, वुमेन्स युगल टिम, वुमेन्स युगल, मेन्स एकल, वुमेन्स एकल, मेन्स भेट्रान एकल (४० वर्षमाथि) र मेन्स भेट्रान्स एकल (५५ वर्षमाथि)को स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबल टेनिस खेलाडी बाहेकका अन्य खेलाडीहरूले भाग लिन सक्नेछन्। प्रतियोगिताको मेन्स र वुमेन्स एकल तर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी–फाइनलिष्ट) हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउने छन्।

भेट्रान्स एकलतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी–फाइनलिष्ट­­) हरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्रदान गरिने आयोजकले जानकारी दियो।

त्यस्तै प्रतियोगितामा सर्वाधिक पदक जितेर टिम च्याम्पियन बन्ने वडालाई ५० हजार प्रदान गरिनेछ। भ्याली कन्स्ट्रक्सन प्रालिको मुख्य प्रायोजन रहने प्रतियोगिताको अनुमानित लागत १९ लाख ५० हजार रहेको छ।

मंगलबार नै स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र भ्याली कन्स्ट्रक्सनका एमडी रविन्द्र महर्जनले प्रायोजक सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार भ्याली कन्स्ट्रक्सनले आयोजकले ९ लाख ७५ हजार उपलब्ध गराउने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad