खेल


रुपन्देही सुपरलिग : तिलोत्तमा ४ विकेटले विजयी

रुपन्देही सुपरलिग : तिलोत्तमा ४ विकेटले विजयी

प्रकाश न्यौपाने
फागुन ४, २०७७ मंगलबार ८:९,

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको डिभिजन ‘बी’को खेलमा तिलोत्तमा क्रिकेट क्लबले लुम्बिनी शाक्यान क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ४६ ओभरको खेलमा १७.१ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै बनायो। उसका लागि जावेद खानले ३१ र आकाश पाठकले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। उसलाई सस्तैमा रोक्न बलिङमा तिलोत्तमाका कृष्ण पराजुलीले ६.१ ओभरमा १ मेर्डन राख्दै ११ रन खर्चेर ८ विकेट लिए। पराजुली म्यान अफ द म्याच भए । यस्तै, सन्देश जिसीले २ विकेट लिए।

जवाफी ब्याटिङ गरेको तिलोत्तमाले १८.४ ओभरमा ६ विकेट खर्चेर ७२ रन बनाउँदै जित निकाल्यो। उसका लागि संदीप केसीले १८, विकल क्षेत्री र घनश्याम थारुले नटआउट क्रमशः १४ र १३ रन बनाए।

बलिङमा लुम्बिनीका गंगेशले ३, बैतुल्लाह खाँनले २ र अख्तर हुसेनले १ विकेट लिए। बुधबार शंकरनगर क्रिकेट क्लब र बुटवल राइनोजबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।

यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ। नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .