१३ औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा भएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ६५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार श्रेष्ठलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गरे। हवल्दार पदमा रहेका मन्देकाजी बुधबार प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका थिए।

‘बढुवा हुँदा एकदम खुसी लागेको छ, मैले गरेको मेहनतको कदर भएको अनुभव गरेको छु’, नेपालखबरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘खेलकुद कै क्षेत्रको विशेष कोटाबाट मलाई बढुवा गर्नुभएको हो। त्यसको लागि नेपाल प्रहरीलाई मनबाट नै धन्यवाद दिन चाहान्छु।’
श्रेष्ठ २०६३ साल फागुन १ गते प्रहरी जवान पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए।

प्रतिक्रिया