ad ad

खेल


महिला लिगमा वालिङसँग १–० ले स्तब्ध भयो पुलिस

महिला लिगमा वालिङसँग १–० ले स्तब्ध भयो पुलिस

नेपालखबर
माघ २५, २०७७ आइतबार ११:५८,

राष्ट्रिय महिला लिग फुटबलमा विभागीय नेपाल पुलिस क्लब वालिङ नगरपालिकासँग स्तब्ध भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा आइतबर भएको खेलमा पुलिस वालिङसँग १–० ले पराजित भएको हो।

जितसँगै वालिङ ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। पराजित पुलिस ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

वालिङको जितमा क्यामरुनी खेलाडी मेथो एलुड रुथले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

यसअघि पहिलो राउन्डमा यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । पुलिसको यो लगातार दोस्रो हार हो । यसअघि पुलिस बिराटनगरसँग १–० ले स्तब्ध बनेको थियो ।

प्रतिस्पर्धात्मक खेलको ४१औं मिनेटमा मेथो एलुड रुथको पेनाल्टी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा वालिङ अग्रता लिनबाट चुक्यो । लगत्तै काउन्टर अट्याकमा अवसर पाए पनि सदुपयोग हुन नसक्दा पुलिसले अग्रता लिन सकेन। ५१औं मिनेटमा टुटा नोइल्लीको प्रहार क्रसबारमा लागेर फर्किँदा वालिङ अग्रता लिनबाट चुक्यो।

५८औं मिनेटमा मेथो एलुड रुथले गोल गर्दै वालिङलाई १–० को अग्रता दिलाइन्। ६६औं मिनेटमा मेथो एलुड रुथको रक्षक पुजा रानालाई बिट गर्दै गरेको प्रहारलाई पुलिसकी गोलरक्षक सपना राईले उत्कृष्ट बचाउ गर्दा वालिङ अग्रता दोब्बर पार्नबाट चुक्यो।

पहिलो खेलमा पनि पुलिस र वालिङले १–१ को बराबरी खेलेका थिए।

लिगमा सोमबार शीर्षस्थानमा रहेको एपीएफ र पुछारमा रहेको चौदन्डीगढी नगरपालिका उदयपुरबीच खेल हुनेछ। खेल दिउँसो २ बजे हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .