खेल


खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : फाइनलमा धनगढी र होराइजन भिड्ने

 खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : फाइनलमा धनगढी र होराइजन भिड्ने

प्रकाश न्यौपाने
माघ २२, २०७७ बिहिबार १०:४१,

भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलको अन्तिम खेलमा न्यू होराइजन क्रिकेट एकेडेमीले कासी नोबल एकेडीमीलाई २३ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ।

जितसँगै होराइजनले फाइनलमा शुक्रबार उपाधिका लागि धनगढी क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने छ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनायो। उसका लागि अमर थापाले २७ र सचिन थापाले अविजित २६ रन बनाए।

बलिङमा कासीका रमेश कुर्मी, सन्देश जिसी र अर्जुन कारोसले समान २-२ विकेट लिए। जवाफी ब्याटिङ गरेको कासीले ३४.२ ओभरमा सबै विकेट गुमाई ९८ रनमै समेटियो।

उसका लागि सन्तोष यादवले २७ र सिद्धार्थ अधिकारीले १४ रन बनाए। बलिङमा होराइजनका सुमित पराजुलीले ७ ओभरमा ४ मेर्डन राख्दै ७ रन खर्चेर ४ विकेट लिए।

यस्तै, प्रकाश गिरी र अनिल थापाले समान १-१ विकेट लिए। सुमित पराजुली म्यान अफ द म्याच भए।

पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा जारी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ।

यस्तै, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad