खेल


कमलसिंह ऐरी बने पीएम कप क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी

कमलसिंह ऐरी बने पीएम कप क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी

नेपालखबर
माघ १७, २०७७ शनिबार १२:१६,

नेपाल एपीएफ क्लबका तीव्र गतिका बलर कमलसिंह ऐरी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

कमलले ६ खेलमा १० विकेट लिँदै सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। उनले गण्डकी प्रदेशसँग ४, आर्मीसँग ३, पुलिससँग २ र आर्मीसँग १ विकेट लिएका थिए। सर्वोत्कृष्ट खेलाडी बनेका कमलले ५० हजार रुपैयाँ प्राप्त गरे।

त्रिभुवन आर्मी क्लबका स्पिनर साहब आलम प्रतियोगिता उत्कृष्ट बलर बने। साहबले ५ खेलमा ४५.४ ओभरमा ८ मेडनसहित १ सय ५२ रन खर्चेर कुल १२ विकेट लिएका थिए। आर्मीलाई उपाधि जिताउन साहबले फाइनलमा एपीएफविरुद्ध ३ विकेट लिएका थिए। साहबले कर्णालीसँग ३, प्रदेश १ सँग ४, एपीएफसँग २ विकेट लिएका थिए।

Image may contain: 2 people, people standing

प्रदेश २ का युवा अलराउन्डर विवेक यादव उदीयमान खेलाडी घोषित भए। विवेकले ४ खेलमा १ सय ६७ रन बनाएका थिए। उनले लुम्बिनीसँग ५१ र बागमतीसँग ६६ रन बनाउँदै लगातार अर्धशतक प्रहार गरेका थिए। सुदूरपश्चिमसँग ४१ र पुलिससँग ९ रनमा आउट भए। साथैं उनले ४ विकेट लिए। उनले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

Image may contain: 2 people, text that says 'HAMS CAN प्रधानमन्त्री कप व राष्ट्रिय क्रिकेट तियोगिता 20७២ PRIME MINISTER CUP MEN'S NATIONAL CRICKET TOURNAMENT 2077 apa Fresh huaith CAN CAN EMERGING PLAYER RS 15,000/- % DishHome pRaBhu CAN 1S CAN Jalapa Fresh wah OROBIE'

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बागमती प्रदेशका पृथु बास्कोटा बने। पृथुले ५ खेलमा २ सय १५ रनमा शीर्ष स्थानमा रहेका थिए। उनले प्रतियोगिता अवधिमा २ अर्धशतक, २२ चौका र ७ छक्का प्रहार गरे। पृथु पुलिससँग ४८ रनमा अविजित रहेका थिए। सुदूरपश्चिमसँग ८४ रनमा अविजित रहँदा प्रदेश २ सँग ५३ रनमा अविजित रहेका थिए। लुम्बिनीसँग २९ रन र आर्मीसँग १ रनमा आउट भएका थिए।

उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५ हजार रुपैयाँ पाएका छन्।

शनिबार भएको फाइनल खेलमा आर्मीले एपीएफलाई ३३ रनले हराउँदै उपाधि उचालेको थियो। सेमिफाइनलमा पुगेका बागमती प्रदेश र नेपाल पुलिस क्लबले ५०–५० हजार रुपैयाँ प्राप्त गरे।

Image may contain: 18 people, people standing and outdoor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad