सन् १९७५ को सुपरहिट चलचित्र सोलेमा अमजद खानले गब्बर भन्ने पात्रको भूमिका निर्वाह गरेका थिए।
उक्त पात्रको अझै पनि चर्चा भइरहन्छ। मानिसहरुले अमजद खानभन्दा पहिले गब्बरलाई चिनिसकेका हुन्छन्।
भारतको सिने इतिहास सयवर्ष भन्दा पुरानो हो। तर गब्बरजस्तो उत्कृष्ट चलचित्र हालसम्म नबनेको बताइन्छ।
गब्बर पात्रले नै उक्त चलचित्र झनै उत्कृष्ट बनेको विश्लेषण गरिन्छ।
तर धेरैलाई थाहा नहुनसक्छ गब्बरको भूमिकाका लागि अमजद खान पहिलो रोजाइ भने थिएनन्।
पहिले गब्बरको भूमिकाका लागि अर्का स्टार कलाकार ड्यानी डेनजोङ्पालाई प्रस्ताव गरिएको थियो। ‘स्क्रिनङ्घ म्यागेजिनमा अन्य कलाकारसहित ड्यानीको फोटोसमेत छापिएको थियो।
तर त्यसबखत फिरोज खानको चलचित्र ‘धर्मात्मा’को लागि अफगानिस्तानमा सुटिङ गरिरहेका थिए। व्यस्त भएका कारण ड्यानीले समय दिन पाएनन्।
त्यसपछि सोलेको गब्बरको भूमिका अमजदले पाए। त्यसपछि जे भयो इतिहास साक्षी छ। जब चलचित्र रिलिज भयो नायक भन्दा खलनायकको चर्चा बढी भयो।
उक्त चलचित्रका डायलग पनि निकै चर्चित बनेका थिए। ‘ये हाथ हम्को देदे ठाकुर, तेरा क्या होगा कालिया? जो डर गया सम्झो मर गया, कित्ने आद्मी थे? अरे ओ साम्बा, कित्ना इनाम रखा हे सरकार ने हाम पर?’ जस्ता चर्चित डाइलग सोले चलचित्रकै हो।
सन् १९४० मा पाकिस्तानको पेसेवारमा जन्मिएका अमजदको निधन सन् १९९२ मा मुम्बईमा भएको थियो। लाइभ हिन्दुस्तान

प्रतिक्रिया