ad ad

खेल


राष्ट्रिय महिला लिग फुटबलमा आर्मीविरुद्ध एपीएफको जित

राष्ट्रिय महिला लिग फुटबलमा आर्मीविरुद्ध एपीएफको जित

नेपालखबर
माघ १३, २०७७ मंगलबार १०:४९,

राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा आर्मी पराजित भएको हो।

एपीएफकी अञ्जली योञ्जनले खेलको २७औँ मिनेटमा पहिलो गोल गरेकी थिइन्। त्यस्तै दोस्रो गोल एपीएफकै सरु लिम्बुले पहिलो हाफको थप समयमा गरेकी थिइन्।

खेलको ‘प्लेयर अफ द म्याच’ भने अनिता केसी भइन्।

जितसँगै एपीएफ ९ अंकसहित लिग तालिकामा शीर्षस्थानमा छ भने एकमा जित, एकमा हार र एकमा बराबरी गरेको आर्मी ४ अंकसहित तेस्राे स्थानमा पुगेकाे छ। दाेस्राे स्थानमा भने ५ अंकसहित नेपाल प्रहरी छ। 

mahila league army vs apf 0879

आर्मीका प्रशिक्षक राजु तामांगले सुरुमा मुभ बनाए पनि गोल गर्न नसक्दा हार व्यहोरेको बताए। खेलाडीले पनि सोचेअनुसार खेल्न नसकेको उनको भनाइ छ।

आर्मीविरुद्ध ३ अंक बटुलेको एपीएफका सहायक प्रशिक्षक जनक सिंहले लिगको उपाधि जित्न अझै मिहिनेत गर्नुपर्ने बताए।

एपीएफकै खेलाडी अनिताले खेलमा घाइते हुँदा निको हुन समय लाग्ने बताइन्। उनले भनिन्, ‘खेल चाँडो चाँडो छ, यही नतिजालाई निरन्तरता दिन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .