खेल


एपीएफ समूह विजेता र आर्मी उपविजेता बन्दै पीएम कप क्रिकेटको सेमिफाइनलमा

एपीएफ समूह विजेता र आर्मी उपविजेता बन्दै पीएम कप क्रिकेटको सेमिफाइनलमा

नेपालखबर
माघ १२, २०७७ सोमबार ११:३२,

सशस्त्र प्रहरीको एपीएफ समुह ए को विजेता र त्रिभुवन आर्मी क्लव समूह उपविजेता बन्दै प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

विभागीय डर्बीमा भएको समुह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले पराजित गर्दै समुह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो। प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको एपीएफले अंकतालिकामा ८ अंक जोड्दा पहिलो हार भोगेको आर्मीको ६ अंक छ।

सेमिफाइनल खेल पर्सिदेखि हुनेछ। पहिलो सेमिफाइनल खेलमा शसस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लव तथा दोस्रो सेमिफाइनल खेलमा बाग्मति प्रदेश र त्रिभुवन आर्मी क्लव भिड्नेछन्।

एपीएफले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको आर्मी ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र जोड्न सक्यो। आर्मीका अनिल मण्डलले जोडेको ४५ रन नै आर्मीका लागि सर्वाधिक रह्यो। राजेश पुलामीले ३३,रोहित पौडेलले ३०, विक्रम शोबले २८ रन जोडे। भिम सार्कीले २७,लोकेश बमले २१ रन जोडे। साहब आलम २० र आकाश चन्द १८ रनमा नटआउट रहे।

आर्मीलाई कम स्कोरमा रोक्न कमल ऐरिले ३ तथा भुवन कार्कीले २ विकेट लिए। अविनास बोहोराको नाममा एक विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे एपीएफले ४९ दशमलव ४ ओभरमा २ सय ४० रन जोड्दा अलआउट भयो।

एपीएफका सुमित महर्जनले ४६ रनको योगदान गरे। ६८ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हाने। सुवास खकुरेल ३८ रनको योगदान दिए। २ बलको सामना गरेका खकुरेलले ६ चौका हाने। कप्तान शरद भेषावकर २४ रन जोड्दा एलबीडब्लु धरापमा परे। ५९ बलको सामना गरेका भेषावकरले २ चौका हाने।

सन्दीप जोराले २, अमर रौटेला २६, वसन्त रेग्मी २० र आशिफ शेखले ७ रन जोडे।

एपीएफका हरि चौहान एक्लैले ५ विकेट लिए। ९ दशमलव ४ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ६० रन दिए। शाहब आलमले २ तथा सुसान भारी, विक्रम शोब र आकाश चन्दले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad