समाज


द्रुत गतिमा अघि बढिरहेको सौर्य आँधी आज राति पृथ्वीमा ठोक्किने सम्भावना: वैज्ञानिक

द्रुत गतिमा अघि बढिरहेको सौर्य आँधी आज राति पृथ्वीमा ठोक्किने सम्भावना: वैज्ञानिक

नेपालखबर
माघ १२, २०७७ सोमबार ११:३२,

सूर्यबाट झन्डै १४ करोड ७० लाख किलोमिटर दूरी पार गर्दै आज सौर्य आँधी पृथ्वीमा ठोक्किन आइपुग्ने अनुमान गरिएको छ।

सौर्य तुफान आँधीका कण द्रुत गतिमा पृथ्वीतर्फ बढिरहेका छन् र आज पृथ्वीमा ठोक्किन आइपुग्ने सम्भावना रहेको अन्तरिक्ष वैज्ञानिकले पुष्टि गरेका छन्।

यसले उत्तरी ध्रुवमा आज (जनवरी २५) राति अरुणोदयको दृश्य देख्न सकिनेछ। यस क्रममा पूरै आकाश हरियो वा नीलो प्रकाशले रंगिने सम्भावना छ।

वास्तवमा नयाँ वर्षमा सूर्यमा सुरुवाती विस्फोट भएको थियो। जनवरी २ मा यस ताराको ऊर्जाबाट ठूलो विस्फोट भएको थियो। अहिले यसैको असर धर्तीमा देखिन लागेको हो।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सोलर डायनामिक्स अब्जर्भेटरीले विस्फोटका क्रममा निस्किएका कण आकाशमा जाँदै गर्दा तस्बिर खिचेको थियो।

वैज्ञानिकका अनुसार सूर्यको कोरभित्र चुम्बकीय म्याग्नेटिक फिलामेन्ट बन्नाका कारण सूर्यको दक्षिणी गोलार्द्धमा विस्फोट भएको हो।

जब कण धर्तीमा ठोक्किनेछन् तब के हाेला?

साैर्य प्रणालीमा दुई कोरोनल मास इजेक्सन (सीएमई) हुन्छन्, जसमा एउटा धिमा गतिकाे अर्काे अलि तेज गतिकाे। यी दुई मिलेका खण्डमा गति तीव्र हुन सक्छ।

खगोल विज्ञान साइट स्पेस वेदरका अनुसार यी कण धर्तीसम्म आइपुग्न सक्छन्। यसमा जिज्ञासा हुन सक्छ कि यो धर्तीमा आइपुग्दा कस्तो असर पर्ला? यदि ती कण धर्तीमा ठोक्किए भने उत्तरी वा दक्षिणी गाेलार्द्धमा सुन्दर रंगीन दृश्य देखिनेछ। 

अनुसन्धानकर्ताका अनुसार यसको दोस्रो असर पनि हुन सक्छ। पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट आउने खतरनाक विकिरणबाट मानिसलाई बचाउँछ, तर सौर्य आँधीको असर सेटलाइटमा आधारित प्रविधिमा पर्न सक्छ।

सौर्य वायुका कारण पृथ्वीको बाहिरी वायुमण्डल तात्न सक्छ, जसले सेटलाइटनमा असर पार्न सक्छ। यसले जीपीएस नेभिगेसन, मोबाइल फोनको सिग्नल र सेटलाइट टीभीमा अवरोध आउन सक्छ। विद्युतीय लाइनमा तेज गतिमा करेन्ट प्रवाह हुन सक्छ, जसका कारण ट्रान्सफर्मर उड्न पनि सक्छ।

तर सामान्यतया यस्तो अवस्था कमै आउँछ। सन् १९५९ मा भने यस्तै शक्तिशाली साैर्य तुफान आउँदा युराेपमा  टेलिग्राफ सिस्टम बन्द भएकाे थियाे। स्राेत : नवभारत टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad